Duration 3:39

कविता | | मलाई म मन पर्दिन | | नेपाली शायरी | | nepali sayari | | kavita @shayar.92

323 watched
0
10
Published 17 Jul 2020

"मलाई म मन पर्दिनँ" आफ्नो लाग्ने सबै चिज राम्रो हुन्छ। राम्रो लाग्ने सबै चिज आफ्नो हुँदैन। फूलको रूप सुन्दर छ। फूलको चंचलताले लोभ्याउँछ। फूलको बानी राम्रो छ। फूलको सुवास मिठो लाग्छ। मलाइ फूल मन पर्छ। "तोडेर फूल सिउँरे शिरको सोभा देखिन्छ। तोडूँ त फूलको अब अस्तित्व नै मेटिन्छ।" मलाइ फूल मन पर्छ। चाक्लो ललाट, ठुला आँखा, चुच्चे नाक, बाक्ला अधर, छड्के नजर, बारूली कम्मर, फिस्स हाँस्दा टिर्लिक्क टक्लिने तिम्रा दन्त लहर, मलाई सब मन पर्छ। मलाई समग्र तिमी मन पर्छौ। मलाइ फूल मन पर्छ। मन परेका सबै चिज राम्रा हुन्छन्। राम्रो लागेका सबै चिज आफ्ना हुँदैनन। म फूल हेरेर फूलको बयान गर्न सक्छु। म तिमीलाई हेरेर कविता रच्न सक्छु। देखेका सबै कुरा वास्तविक हुँदैनन्। रचेका सबै कुरा यथार्थ हुँदैनन्। काल्पनिकताले यथार्थता खोज्छ। फूल यथार्थ हो। कविता वास्तविकता खोज्छ। तिमी वास्तविक हौ। रचयिता काल्पनिकतामा डुब्दाडुब्दै हराउँछ। हराएका सबै चिज खोजी गरिदैन्। खोजिएका सबै चिज भेटिदैनन्। मेरा रचनाले तिमीलाई रोज्छन्। तिमीले कसलाई रोज्छौ? रोजेका सबै चिज आफ्ना हुँदैनन्। आफ्ना सबै चिज रोजाइका हुँदैनन्। म तिम्रो कल्पनामा डुबेर रचेकका हरेक रचना मन पराउँछु। मलाई म मन पर्दिन। मलाई फूल मन पर्छ। मलाई तिमी मन पर्छौ। 🙏🙏 https://www.facebook.com/raam.acharaya.5 © राम आचार्य "शायर"

Category

Show more

Comments - 6