Duration 6:19

Kodo Ko Roti (बाबर) | Nikita Mainali & Alina Rai | CTN. 23 | Online Nepalese Ethnic Food CC 2020/21

1 058 watched
0
80
Published 18 Jan 2021

Online Nepalese ethnic food cooking competition 2020 खाने कथा रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी खानाको पारखीहरुका लागी रैथाने चुल्होले सामाजिक दुरिलाई पालना गर्दै नेपाली रैथाने खाना पाक प्रतियोगिता (खाने कथा) आयोजना गर्न गइरहेको जानकारी गराउँदछौँ । यस प्रतियोगीतामा विभिन्न समुदायको चार्डपर्वमा खाइने नेपाली रैथाने मौलिक खानपानका बारेमा जानेको बुझेको व्यक्तिलाई सोधपुछ गरि कुनै एउटा परिकार समेट्न सक्नुहुन्छ । उक्त खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष समेत उल्लेख गरि तपाईले पठाउनुभएको भिडियो सामग्री हामी खाने कथामा राख्नेछौँ । यो प्रतियोगीताले हाम्रो नेपाली खानपान बाँचिरहने र नयाँ पूस्ताले पनि सजिलै नेपाली खानपान पकाउन जान्ने विश्वास लिइएको छ । यस प्रतियोगितामा सहभागिले निम्न विषयवस्तु समेट्नुपर्नेछ । १. खाना नेपाली मौलिक हुनु पर्ने छ । २. Main course, Appetiser, soup, snakes, side dishके हो ? खुलाउनु पर्नेछ । ३. खानामा सरसफाई र खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष पूर्ण रुपले खुलाउनु पर्नेछ । यी सबै विषय भिडियोमा लेखेर वा बोलेर समेट्न सक्नुहुन्छ । ४. खाना पकाउँदा प्रयोग गरिने सामाग्रीको नाम उल्लेख गरिएको हुनुपर्नेछ । यसका साथै पकाउने विधि पनि जानकारी गराउनुपर्नेछ । ५. प्रतियोगीतामा सहभागीताको लागी उमेर समुह तोकिएको छैन अर्थात जुनसुकै उमेरका व्यक्ति सहभागी हुन सक्नेछन् । ६. ७ मिनेट सम्मको भिडियोलाई मात्र समावेश गर्न सकिने छ । भिडियो पठाउँदा आफ्नो नाम र ठेगाना प्रष्टसंग खुलाउनु पर्नेछ । ७. उक्त भिडियो असोज १८ गतेदेखि मंशीर ३० गते सम्म पठाइसक्नुपर्ने छ । ८. प्राप्त भिडियो मंशीर १५ गते देखि रैथाने चुल्हो युटुव च्यानलबाट प्रसारण गरिने छ भने पौष २५ गते प्रतियोगिता विजेता घोषणा गरिने छ । ९. प्रतियोगिताको बिजेता माथि उल्लेख गरिएको वुद्धाको आधारमा र ग्लोबल नेप्लीज सेफ फेडेरेशनको निर्णायक मण्डलद्धारा ५० प्रतिशत र तपाईको भिडियो हेरि युट्युव च्यानलमा आएको Subscribe, Views, Like र Watch Hours को आधारमा ५० प्रतिशत गरि घोषणा गरिनेछ । ९. प्रतियोगीतामा प्रथम हुनेले नगद २५,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ । १०. द्धितीय हुनेले नगद १५,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ । ११. तृतीय हुनेले नगद १०,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ । १२. उत्कृष्ट १० सम्म पर्नेलाई ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सदस्यता प्रदान गरिने छ । १६. उक्त भिडियोलाई raithanechulho@gmail.com मा पठाउन सकिनेछ । प्रतियोगीताका बारेमा थप जानकारी चाहिएमा ९८४१९५०८४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Category

Show more

Comments - 20